परिक्षण मध्ये ७.४५ प्रतिशतमा संक्रमण
भदौ १६ ,२०७८
चितवन । आज चितवनमा ७१९ जनाको पिसिआर परिक्षण गर्दा ४६ र ९९ को एन्टिजेन परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लामा आज ५ जना कोरोना संक्रमितको ज्यान गएको छ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३५, खैरहनि २ , माडि १० ,रत्ननगर १२, कालिका १ र इच्छाकामनाका १ जनामा संक्रमण भएको हो।
चितवनका विभिन्न अस्पतालमा ३८ जनाको आइसियुमा छन। जसमध्ये १० जनाको भेन्टिलेटर र २८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२९१ जना रहेका छन।
चितवनमा कुल मृतकको संख्या ३९६ पुगेको छ । जिल्लामा आज चितवनमा १३५ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८