भदौ १५,२०७८
चितवन जिल्लाका विभिन्न स्थानीय तहका २ हजार ३ सय २० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन।
भरतपुर महानगर पालिका भित्रका १ हजार ६६ जनाले एक्सट्राजेनिका खोप लगाएका हुन। जस मध्ये ७ सय ४९ महिला र ३ सय १७ जना पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
यस्तै रत्ननगरका २ सय ८२ जना महिला र ३ सय ८९ गरि ६ सय ७१ जनाले पनि भेरोसेलको पहिलो मात्रा लगाए । आजै राप्तीका २ सय ६७ जनाले भेरोसेलकै पहिलो मात्रा लगाए। जस मध्ये ६७ महिला र २ सय पुरुष रहेका छन।
कालिका नगरपालिकाका १ सय ६१ महिला र १ सय ५५ जना गरि ३ सय १६ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८