भदौ १३,२०७८
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनले चेपाङ विद्यार्थीलाई खाध्यान्य लगायतका सामाग्री सहयोग गरेको छ।
उसले आफ्नो २५ औं स्थापन दिवसको अवसरमा चितवनको रत्ननगर नगरपालीका ११ मा रहेको चेपाङ संरक्षण केन्द्रलाई दाल ,चामल ,तेल , नुन लगायतका खद्य सामाग्री बितरण गरेको हो।
साथै इक्यानले उक्त संरक्षण केन्द्र परीसरमा एभोकाडो, आँप, लिची र कटहर लगाएतका फलफुलका विरुवा पनि रोपेको छ।
उक्त कार्यक्रममा चेपाङ संरक्षण केन्द्रका संरक्षक केपी किरण शर्माले सहयो गर्ने इक्यान चितवन प्रति अभार व्यक्त गरे। अति दुखका साथ संचालन गरेको यो केन्द्र यस्तै दताहरुको सेवा भाबले मात्र सम्भब भएको शर्माले बताए।
कार्यक्रममा इक्यान चितवनका संस्थापक अध्यक्ष सोम बहादुर कडेलले शुभकामना मन्तब्य राख्दै अबका दिनमा पनि इक्यानले सहयो गर्दै जाने बताए ।
इक्यान चितवनकै बर्तमान अध्यक्ष हिकमत पुरिले समय समयमा पहिले देखिनै संघले विभिन्न स्थानहरुमा सहयोग गर्दै आएको र यस्ता कार्यलाई निरन्तरता दिइरहने समेत जानकारी गराए ।
पुरिले यो विषम परिस्थितिमा आफ्नो ब्यबसाय बन्द रहेको बेला पनि सबै इक्यानीयनहरुले सहयोगि हात अघि बढाएकोमा सबैलाई धन्यवाद समेत दिए।
कार्यक्रमको सहजिकरण इक्यान चितवनका सचिब हेमराज सिग्देल (हरि) ले गरेका थिए।
अति विपन्न सिमान्तकृत चेपाङ्ग वालवालीको संरक्षण गरीरहेको गाम वेशी चेपाङ्ग संरक्षण केन्द्रमा १५० जना भन्दा बालबालिका रहेका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८