भदौ ११,२०७८
बिहिवार बेलुका ८ बजेबाट बन्द भएको नारायणगढ – मुग्लिङ सडक सुचारु भएको छ।
आज बिहान ६ बजे देखि डोजर, र जेसिबीको प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएकोमा बिहानै ९ बजे पहिरो हटाइ यातायात सुचारु गरिएको चितवन प्रहरीले जनाएको छ।
बाटो दुई तर्फी संचालनमा आएपनि सम्पुर्ण सवारी साधनलाई आफ्नो लेन अनुसार नियम पालना गर्न समेत अनुरोध गरिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८