भरतपुर महानगर भित्रकाले आइतबार र सोमबार मात्र सेवा पाउने
भदौ १०,२०७८
जिल्ला प्रशासन कार्यालय चितवनले आलोपालो प्रणालिका आधारमा सेवा दिने भएको छ।
प्रशासनले कोभिड – १९ को संक्रमण उच्च रहेको भन्दै भदौ १ देखि बन्द गरेको सेवालाई भदौ ११ गतेबाट बार अनुसार जिल्लाका सबै पालिकाहरुलाई सेवा दिने भएको हो।
भरतपुर महानगर पालिका भित्रका १ देखि १४ सम्मका वडाभित्रकालाई आइतबार सेवा प्रदान गरिने छ। भने १५ देखि २९ वडा सम्मका लागि सोमबार सेवा दिइने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
यस्तै रत्ननगर नगर पालिकालाई मंगलबार, खैरहनि नगरपालिकालाई बुधबार , कालीकालाई बिहिवार र राप्ती नगरपालिकालाई शुक्रबारको दिन तोकिएको छ।
जिल्लाकै इच्छाकामना गाउँ पालिका र माडि नगरपालिका भित्रकालाई भने कार्यालय खुल्ने सबै दिन सेवा प्रदान गरिने छ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८