• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आफ्नो आदेश आफै मान्दैनन चितवनका प्रमुख जिल्ला अधिकारी !


आफ्नो आदेश आफै मान्दैनन चितवनका प्रमुख जिल्ला अधिकारी !

भदौ ९,२०७८ – केपी शर्मा

जिल्लामा प्रायः दैनिक रुपमै कोरोनाका संक्रमितहरु बढीरहेका छन। कोरोना बाट मृत्यु हुनेको संख्यामा पनि खासै कमि आएको छैन । हरेक ७ देखी १० दिनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आफैले संक्रमण रोकथाम र नियन्त्रणका लागि आदेश जारी गर्ने गरेका छन।

तर आदेशमा भने अनुसार चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफैले पनि आदेश पालना गरेका भने छैनन।उनी आफ्नो आदेशको आफै खिल्ली उढाउँदै विभिन्न कार्यक्रममा सरिक हुँदै आएका छन। जिल्ला हाँक्ने प्रमुखलेनै आफुले जारी गरेको आदेशलाई लत्याउँदै हिंडेपछि सामान्य जनताले उनको आदेश कसरी पालना गरून् र त्यसलाइ कसरी बुझुन !

आदेश पालना नगरे ब्यापारी र सर्बसधारणले हप्की खादै जरिवानै तिर्नु पर्छ । साझ ६ नबज्दै प्रहरी सिठ्ठि फुक्दै पसलको सटर अगाडि पुग्छन।
यति मात्र कहाँ हो र बेलुकी ६ बजे पछी पसल खुला बन्द के छ भन्दै प्रमुख जिल्ला अधिकारी लामिछाने आफै अनुगमनमा हिँड्ने गरेका छन।

बुधबार चितवनमा सयौं जनाको उपस्तिथिमा भरतपुर महानगर पालिकाले एउटा भब्य कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रम थियो भरतपुरको लायन्स चोकमा रहेको पुरानो सब्जीमन्डिमा निर्माण गर्न लागिएको ‘भरतपुर मेट्रो प्लाजा’ शिलान्यासको।

जुन कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आफै अतिथिको रुपमा उपस्थित थिए। बिहान ७ बजे देखिनै सो स्थानमा सयौंको संख्यामा मानिसहरुको भिडभाड थियो। सो क्रम करिब ४ घन्टा सम्म लगातार चलीनै रहयो।

महानगरले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादीका अध्यक्ष प्रचण्ड थिए ।उनलेनै निर्माण हुने उक्त भवनको शिलान्यास गरे।
कार्यक्रममा जिल्लाका प्रायः सबै राजनीतिक दलको सहभागिता थियो।

आयोजकले सबैलाई बोल्न पालो पुर्‍याए। यस्ता कार्यक्रम सकेसम्म नगर्ने र गर्नै परे पनि थोरैको उपस्थितमा छिटो सक्ने गरि गर्ने हो। तर आयोजकले दशौ जनलाइ बोल्न लगाउँदा लामो समय भिडभाड भयो र कोरोना संक्रमणको जोखिम बढ्यो। यस विषयमा कुनै पनि निकायको ध्यान गएको पाइएन।

त्यति मात्र हैन उक्त कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखको पनि लगभग उपस्थितनै थियो। कसैको मृत्यु हुँदा मलामी जान त १५ जनाको कोटा तोक्दै आदेश निकाल्ने जिल्ला प्रमुखले यस्ता कार्यक्र गर्न निषेध गर्नु पर्नेमा आफै अथिती बन्दै जाँदा सरकारको आदेश पालना गर्दै महिनौं देखि आफ्नो ब्यबसाय बन्द गर्दै आएका आम सर्बसाधारणले के सम्झेका होलानरुभोलिका दिनमा तिनीहरुले जिल्ला प्रमुखको आदेशलाई कसरी पालना गर्लान रु

यति मात्र हैन जिल्लामा हरेक दिन जसो राजनीतिक दलका कार्यकर्ताले कसैन कसैको बिरोध वा समर्थनमा नाराजुलुस गरिरहेका छन ।यस कुरामा पनि सुरक्षा निकाय मौननै देखिन्छ ।

यस्ता कार्यक्रमलाई किन निषेध गर्न सक्दैनन जिल्ला प्रमुखले रु कसले रोक्छ उनलाई आदेशमा कडाइ गर्न रु कुनै पनि बहाना र कुनै पनि दबाबका आधारमा दैनिक ज्यालादारी गर्दै एक छाकको जोहो गर्नेलाई आदेशको भारी बोकाएर कोठामा थुन्ने र हुने खाने र पहुँचवाला समूह या दललाई खुलेयाम छाड्नुले प्रमुख जिल्ला अधिकारीको ठुलो कमजोरी माथि प्रश्न खडा भएको छ।

जिल्लामा आजै मात्र १३० जना संक्रमीत थपिए भने कोरोना बाट ५ जनाको मृत्यु भएको छ। आज चितवनमा १८४४ जना सकृय संक्रमीत छन भने ५७ जनाको आइसियुमा उपचार भइरहेको छ।

आजै जिल्लामा भदौ २० गते सम्मको लागि निषेधाज्ञा थप गरिएको आदेश प्रमुख जिल्ल अधिकार लामिछानेले निकालेका छन।

  • प्रकाशित मिति : भदौ ९, २०७८, बुधवार १६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८