• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनमा निषेधाज्ञा १० दिन थपियो ,पसलहरु सातै दिन खुल्ने

  • खबरदाता

चितवनमा निषेधाज्ञा १० दिन थपियो ,पसलहरु सातै दिन खुल्ने

भदौ ९, २०७८

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ २० गते सम्म निषेधाज्ञालाई थप गरेको छ ।

कोरोना संक्रमितहरुको संख्या चितवन जिल्लामा समेत अझै उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले भदौ २० गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरेको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जनाए अनुसार अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर निस्कन पाइने छैन । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी , सेमिनार, तालिम, जात्रा र महोत्सव समेत संचालन गर्न रोक लगाइएको छ ।

प्रशासनले बुधबार गरेको निर्णय अनुसार यो भन्दा अधि बन्द गरिएका कार्यालय जिल्ला प्रशासन ,मालपोत ,नापी र यातायात कार्यालयका सम्पुर्ण सेवाहरु खुल्ला गरिएको छ। यी सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सेवा प्रवाह गर्न सक्नेछन्।

खाधान्य , तरकारी ,फलफूल ,दुध डेरि,अन्डा , चल्ला, दाना,खाना पकाउने ग्यास , लगायत निर्माण सामाग्री सम्बन्धि पसलहरु दैनिक बिहान १० बजे सम्म संचालन गर्न पाइने छ।

हप्तामा तीन दिन मात्र खुल्दै आएका इलेक्ट्रिकल , इलेक्ट्रोनिक पसल, भाँडा,सुन चाँदी , फिर्नीचर, प्रेस तथा फोटोकपि , फेन्सी ,कम्प्युटर ,कस्मेटिक तथा गिफ्ट पसल पनि हप्ता भरनै खोल्न पाइने छ। तर तिनिहरुको हकमा दिउँसो १२ देखि साझ ६ बजे सम्म मात्र संचालन गर्न पाइने समयसिमा तोकिएको छ।

सवारी साधनको हकमा भने जोर गते जोर र बिजोर गते बिजोर गरि संचालन गर्न पाइने पुरानै नियमलाई कायम गरिएको हो।

अक्सिजन , औषधि ,तथा स्वास्थ्य सामाग्रीका पसलहरु पुर्ण रुपमा यसअघि झै संचालन गर्न पाइने छ ।

  • प्रकाशित मिति : भदौ ९, २०७८, बुधवार ११:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८