भदौ ७,२०७८
चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालालाई सरकारले सहयोग गर्ने भएको छ। त्यसका लागि सरकारले पहिले अध्ययन गर्ने र सहयोगलाई अगाडी दढाइने छ।
आइतबार चितवनमा आयोजना गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रङ्शालाको स्मारिका हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस खेल्कुद बिभाग प्रमुख मोहन बहादुर बस्नेतले सो कुरा बताएका हुन।
उनले अहिलेको सरकार खेलकुद बिकासको लागि प्रतिबद्व रहेको र खेलकुदलाई जुनसुकै ठाउँमा जस्तो सुकै सहयोग गर्न पनि पछी नपर्ने बताए ।
कार्यक्रममा बाग्मती प्रदेश क्रीकेट सङ्घका कोषाध्यक्ष तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्शाला सहयोग समन्वय समितिका अध्यक्ष अनिल अधिकारीले खेलकुद बिभाग प्रमुख बस्नेतलाई अध्ययनको लागी स्मारिका हस्तान्तरण गर्दै रङ्शालाको प्रगती प्रतिबेदन पनि पेश गरेका थिए।
करिब तीन अरब लागत अनुमान गर्दै निर्माण भइरहेको नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रीकेट रङ्शाला भरतपुर माहनगरपालिकामा र धुर्मुस सुन्तली फाउन्डेशनको सहकार्यमा निर्माण भइरहेको छ। तर पछील्लो समयमा बजेट अभाब र बिभिन्न कारणले निर्माण कार्यमा अबरोध र अपुरो हुँदै आएको छ ।
स्मारिका हस्तान्तरन कार्यक्रममा नेपाल लोकतान्त्रिक खेल्कुद सङ्घका केन्द्रिय माहसचिब सुबोध प्रधान केन्द्रिय सदस्य बचन कार्की लगायतको उपस्थिती रहेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८