आज १५.३४ प्रतिशतमा संक्रमण।
भदौ ६ ,२०७८
चितवन । आज एकै दिनमा २२४८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ९८ हजार १७३ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप १९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै पिसिआर प्रबिधिबाट ७ लाख ४७ हजार ४३३ र एन्टिजेन प्रबिधिबाट ८० हजार २०९ जना संक्रमीत पुगेका छन।
देश भर ९४४३ को पिसिआर परिक्षण गर्दा १७०२ र ३०७३ जनाको एन्टिजेन परिक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १३३ जना रहेका छन् ।
आज थप २४ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १०५०९ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८