• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

बेलायतमा एकैदिन ३७ हजार बढी संक्रमित

  • खबर मुलुक

बेलायतमा एकैदिन ३७ हजार बढी संक्रमित

भदौ ५, २०७८

बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता पुनः उकालो लाग्दै गइरहेको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३७ हजार ३१४ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । एक सातामा दुई लाख १९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांकले देखाएको छ । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ६४ लाख २९ हजार १४७ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा ११४ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ६८८ जना संक्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३१ हजार ४८७ पुगेको छ । तर, कोभिडका कारण मृत्यु दर्ता गरिएको प्रमाणको आधारमा भने मृतक संख्या एक लाख ५४ हजार ८११ रहेको छ ।

गएको एक सातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ८।१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ८५८ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ६ हजार ४४१ छ । यस्तै ९२८ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ८८ लाख ४८ हजार ६३३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७५ लाख १६ हजार ५०५ जना अर्थात ८७.४ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड १३ लाख ३२ हजार १२८ जना अर्थात ८७.३ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

  • प्रकाशित मिति : भदौ ५, २०७८, शनिवार ००:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८