परिक्षण मध्ये १५.१७ प्रतिशतमा संक्रमण
भदौ ४ ,२०७८
चितवन । आज चितवनमा ५२३ जनाको पिसिआर परिक्षण गर्दा ६४ र १४९ को एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ५२ , खैरहनि ७, माडि २०, रत्ननगर ७ ,राप्ती ७ र कालिकामा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ६५ जनाको आइसियुमा छन। जसमध्ये २२ जनाको भेन्टिलेटर र ३१ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २२२९ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवन १ नवलपरासी २ र रुपन्देहीका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३७६ पुगेको छ । आज चितवनमा २२१ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८