भदौ ३,२०७८
चितवन – अब चितवनको भरतपुरबाटनै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण गरिने भएको छ ।
बुधबार मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केसबराज पाण्डेले भरतपुरलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको सुरुवाती निर्णय गरेका हुन।
नेपाल यातायात महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीको नेतृत्वमा गएको टोलि सँगको भेटमा पाण्डेले सो निर्णय गरेका उपाध्यक्ष सुबेदीले बताए ।
सुबेदीका अनुसार भरतपुर यातायात कार्यालयबाट अब अनलाइन भुक्तानी पनि शुरु हुने छ।यसका लागि आबश्यक जनशक्तिको चाँडैनै ब्यबस्थापन गरिने र उक्त जनशक्तिलाई तालिमको ब्यबस्था गरि काम शुरु हुने मन्त्री पाण्डेले बताएको सुबेदीको भनाइ थियो।
भाडा समायोजनको निर्णय गरिनु पर्ने माग लिएर गेएको नेपाल यातायात महासंघको सँगको टोलि सँगको भेटमा एक हप्ता भित्र भाडा समायोजनको निर्णय हुने कुरामा ढुक्क हुन आफुहरुलाई भनेको सुबेदीले बताए ।
भाडा समायोजनको माग तथा भन्त्री पाण्डेलाई बधाई दिन चितवनबाट सुवेदीको नेतृत्वमा महासचिव सरोज सिटौला , बद्री प्रसाद पौडेल, शंकर गिरी लगायतको टोलि हेटौंडा पुगेको थियो।
साथै सो टोलिले बागमती प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्यलाई समेत भेट गरि बधाइ तथा शुभकामना दिदै आफ्ना माग प्रति ध्यानाकर्षण गराएको थियो।
(यश अघि भुल बश भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केसबराज पाण्डेको नाम फरक पर्न गएकोमा सच्याइएको छ -सम्पादक)
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८