परिक्षण मध्ये १६.६० प्रतिशतमा संक्रमण
भदौ ३ ,२०७८
चितवन । आज चितवनमा ६८८ जनाको पिसिआर परिक्षण गर्दा १०० र १४९ को एन्टिजेन परिक्षण गर्दा ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ८५ , खैरहनि ४, माडि १६, रत्ननगर २७ ,राप्ती ४ र इच्छाकामनका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ७१ जनाको आइसियुमा छन। जसमध्ये २१ जनाको भेन्टिलेटर र ३८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २३४९ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका २ र नवलपुरका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३७५ पुगेको छ । आज चितवनमा १८१ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८