• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दल बिभाजन गर्ने अध्यादेश शुनियोजित षड्यन्त्र : योगेस भट्टराई

  • खबरदाता

दल बिभाजन गर्ने अध्यादेश शुनियोजित षड्यन्त्र : योगेस भट्टराई

 

भदौ १,२०७८

बर्तमान देउवा सरकारले दल बिभाजन सम्बन्धि ल्याएकोअध्यादेश प्रति एमालेका नेता योगेस भट्टराई आपत्ति जनाएका छन।

उनले राजनीतिक दलको बिभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकता तिर धकेलेर ब्यबस्था र संबिधानलाई धारासायी पार्ने शुनियोजित षड्यन्त्र भएको बताएका छन।

सामाजिक संजाल मार्फत भट्टराईले भनेका छन , यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्‍याउनु समकालिन नेतृत्वको घोर असफलता हो।

उनले प्रधानमन्त्री शेर बहादुर देउवालाई अध्यादेश बिनासर्त फिर्ता लिनु समेत आग्रह गरेका छन । साथै उनले केपी ओली र माधव नेपाललाई मुलुक र भावि पुस्ताको भबिस्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्न समेत अनुरोध गरेका छन।

उनले भनेका छन ,आमको दुस्खत निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने ईच्छा नहुँदा नहुँदै पनि आजको संगिन दिनमा यत्ति टिप्पणी गरेको छु, अन्यथा नमानिदिनु होला।

  • प्रकाशित मिति : भदौ १, २०७८, मंगलवार ११:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८