भदौ १ , २०७८–टिकादत्त तिमिल्सिना
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आज भदौ १ गतेबाट निषेधाज्ञालाई थप कडाइ गरेको छ।
जिल्लामा कोरोना संक्रमितहरुको संख्या दैनिक बढ्दै गएपछि प्रशासनले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै आजबाट लागू हुने गरि भदौ १० गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा थप गरेको हो।
प्रशासनले जिल्लाका अति भिडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत , नापी र यातायात कार्यालयमा आन्तरिक बाहेकका काम नगर्न आदेश गरेक छ।

प्रशासनको आदेश अनुसार आजबाट ती कार्यालयहरुले सेवाग्राहीलाई दिने दैनिक सेवाहरु स्थगन गरिएको छ। दैनिक सयौंको संख्यामा सेवा ग्राहीको भिडभाड हुने उक्त कार्यालय अहिले सुनसान छन। सेवा बन्दबारे थाहा पपाएका केहि सेवाग्राहीहरु भने आउदै फर्कदै गरेका छन।
यी बाहेकका सरकारी कार्यालयमा भने स्वास्थ्य मापदण्डको पालना गरि भिडभाड नगरी कामगर्न खुल्ला गरिएको छ।




गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८