• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेसले महाधिवेशन आउँदो मंसिरमा गर्ने

  • खबरदाता

कांग्रेसले महाधिवेशन आउँदो मंसिरमा गर्ने

साउन ३०,२०७८

नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति पुनः सारेको छ। उसका अनुसार मंसिर महिनाको ९ देखि १३ गते सम्म काठमाडौंमै हुने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सनिवार बसेको बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो। यसअघि भदौ १६ देखि १९ गते सम्म महाधिवेशन गर्ने तालिका तय भएको थियो। क्रियाशील सदस्यता विवाद नसुल्झिने भएपछी समय तालिका पर सारिएको हो।

महाधिवेशनको नयाँ कार्यतालिका अनुसार, अब वडादेखि प्रदेश अधिवेशन पनि सारिएका छन्। गाउँ तथा नगरको वडा अधिवेशन १८ भदौमा हुने गरि मिति तय गरिएको छ। यसअघि १२ साउनमा गर्ने भनिएको अधिवेशन स्थगित भएको थियो।

त्यस्तै, गाउँ तथा नगर अधिवेशन २७ भदौमा हुने भएको छ। यसअघि गाउँ तथा नगर अधिवेशन साउनमै गर्ने तय थियो।

अब क्षेत्रीय अधिवेशन असोजमा हुने भएको छन। प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १ असोजमा तोकिएको छ।

यसैगरी, जिल्ला अधिवेशन पनि असोजमा सारिएको छ। प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन ५ असोजमा तोकिएको छ। त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा १० असोजमा जिल्ला अधिवेशन हुने भएको छ।

प्रदेश अधिवेशन पनि कात्तिकमा सारिएको छ। अब प्रदेश अधिवेशन नयाँ मिति १० देखि १२ कात्तिक तय गरिएको छ।

वडादेखि प्रदेशसम्मका सबै अधिवेशन सकिएपछि महाधिवेशन हुनेछ। काठमाडौंमा हुने महाधिवेशनको नयाँ मिति ९ देखि १३ मंसिर तोकिएको छ।

  • प्रकाशित मिति : साउन ३०, २०७८, शनिवार १४:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८