• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनका लायन्स क्लबले रोपे २५० बिरुवा

  • खबरदाता

चितवनका लायन्स क्लबले रोपे २५० बिरुवा

साउन ३०,२०७८

चितवन लगायत आसपासका लायन्स क्लबहरुले यो समयमा विभिन्न गाउँ र समुदायमा बिकासनिर्माणका कामहरुलाई तिब्रता दिन थालेका छन।

अभियानकै क्रममा बिभिन्न ४ वटा लायन्स क्लबले सनिवार पुर्बी नवलपरासीको गैडाकोट नगरपालिका वडा नं ३ बृन्दापुरमा रहेको पञ्चकन्या प्राथामिक बिद्यालय सरसफाई गर्नुका साथै बिद्यालय परिसरमा बृक्षारोपण समेत गरेका छन् ।

लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट र लायन्स क्लब अफ चितवन स्पन्दनले एभोकाडो, अमला, आँप, कपुर, धुपी, म्याड्डो स्टीक,रुद्राक्ष लगायतका २५० बिरुवा रोपेका हुन् । आउने दिनहरुमा पनि क्लबले यस्ता कार्यहरु गर्दै जाने संयोजक लायन ईश्वर रिमालले बताए ।

कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ लायन हरि प्रसाद घिमिरेले बिरुवा रोप्नु भन्दा पनि संरक्षण गर्नु महत्वपूर्ण भएको बताए । उनले रोपेका बिरुवाको संरक्षणमा ध्यान दिन लायन्सकर्मीहरुलाई अनुरोध गरे । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक को–चिफ राजेन्द्र गौतम, डिष्ट्रिक चिफ गोपाल गौतम, डिष्ट्रिक डेपुटी चिफ भक्तीप्रसाद चालिसे, डिष्ट्रिक डेपुटी सचिब पूर्णप्रसाद शर्मा पञ्चकन्या प्राथामिक बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद भण्डारी, बिद्यालयकी प्र.अ. राधिका भण्डारी, ४ वटै क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा। गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।

  • प्रकाशित मिति : साउन ३०, २०७८, शनिवार ०६:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८