साउन २७,२०७८
चितवन । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विशेष महाधिवेशन गरेर भएपनि पार्टीको इज्जत जोगानुपर्नेमा जोड दिएका छन ।
बुधबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अन्य ऐन कानुन भन्दापनि नेपालको संविधानलाई हेक्का राख्नुपर्ने र भदौ महिनामै महाधिवेशन गर्नुपर्ने बताए ।
क्रियाशिल सदस्यता विवादीत रहेको ठाउँमा १३ औँ महाधिवेशनको सदस्यहरुलाई मान्यता दिने र विवाद नरहेको ठाउँमा प्रकृया अनुसार महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो। ५० हजार जरिवाना तिरेर थप समय माग गर्ने हल्ला चलिरहेको भन्दै ऐतिहासिक पार्टी काँग्रेसले समयमै महाधिवेशन नगरेर जरिवाना तिर्यो भन्दा जनतामा नराम्रो सन्देश जाने उनले बताए ।
नेतृत्वमा को व्यक्ति आउँछ भन्ने गौण रहेको र पार्टीको संकट टार्नुनै अहिलेको प्राथमिकता रहेको उनले प्रष्ट पारे।
साथै संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हनिमुन समेत मनाउन नभ्याएको सरकारलाई प्रश्न गर्नु तर्कसगत नभएको केसिको भनाइ थियो। आफूले तीनवर्ष सम्म नेतृत्व गर्दा जनहितको काम नगर्ने अहिले प्रतिपक्षमा वस्दा गरिएका प्रश्नले नवर्सने मेघ गर्जिएको भन्ने सज्ञा उनले दिए ।
ओली सरकारले भत्काएको घरलाई अहिलेको सरकारले मर्मत गर्न थालेको उनले बताए । ओली सरकारले तीन बर्षमा सबै तिर भत्काउने मात्र काम गरेको उनको आरोप थियो।
ओली नेतृत्वको सरकार हुँदा संक्रमणकालिन न्यायको व्यवस्थापन नभएको भन्दै विश्वका चार वटा मानव अधिकारसँग सम्वन्धीत संस्थाले असन्तुष्ट व्यक्त गरेको उनको जिकिर थियो। साथै ओली नेतृत्वको सरकारमा भएको चर्चित ३३ केजी सुन काण्ड,वाइडवडी काण्ड, सेक्युरिटी प्रिन्टीङ प्रेस लगायत काण्डको छानविन पूर्व निष्पक्ष स्वतन्त्र अझ सकिन्छ भने पूर्व प्रधानान्याधीशको नेतृत्वमा छानविन समिति गठन गरेर ती काण्डको छानविन गर्नतर्फ अहिलेको गठवन्धन सरकार लाग्नुपर्नेमा उनले जोड दिए । साथै एमसीसी जनता र देशको हितमा हुने गरी लागू गर्न र अनावश्यक वुँदाहरु संशोधन गर्नुपर्ने उनको राय थियो ।
प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको अध्यक्षतामा गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८