साउन २७,२०७८
चितवन । यो बेला नेपाली बजारका हरेक क्षेत्रमा अनलाइन मार्केटिङ गर्ने प्रबिधि निकै फष्टाएको पाइन्छ । प्राय सबै ब्राण्डहरूले आ आफ्नै एप्लिकेशनदेखि अनलाइन मार्फत ग्राहक सम्म आफ्नो उत्पादनका विभिन्न बस्तु तथा ब्रान्डहरु पुर्याइरहेका छन्।
अझ भन्ने हो भने कोरोना महामारी पछी त अति सामान्य ब्यक्तिहरुले पनि यस्ता प्रबिधिको खोजी गर्दै प्रयोग गर्न थालेका छन।
यस्तै प्रबिधिकै बिचमा खानाका पारखी हरुका लागि नयाँ प्रबिधिमा तयार पारिएको एप बजारमा आएको छ।काठमाडौंको तिनकुनेमा मुख्य कार्यालय रहेको जस्टनेप अनलाइन बिजनेस प्रालीले ञजस्टनेपझ नाम दिएर हालै मात्र बजारमा ल्याएको नयाँ प्रबिधिले ग्राहकलाई निकै सुबिधा पुगेको बताइएको छ।
उक्त एपको मुख्य उदेश्य भनेको लोकल मार्केटलाई प्रोत्साहन दिनु रहेको प्रालीको दाबी छ।प्रालीका सिइओ प्रमोद लम्सालका भन्छन ,’ स्थानीय उत्पादन ,स्थानीय ग्राहक र स्थानिय ढुवानीलाई प्राथमिकता दिनु हाम्रो मुख्य उदेश्य रहेको छ’।

लम्सालका अनुसार यो एप प्रयोग कर्ताले संधै ताजा र चाँडो सेवा पाउने छन। नेस्टएपले स्थानीय स्तरका धेरै होटेल तथा रेस्टुरेन्टसंग सहकार्य रहेकोले ग्राहक जुन स्थानमा पुग्यो सोही स्थानका होटेल तथा रेस्टुरेन्टबाट स्थानिय राइडर मार्फत सेवा लिन सक्क्ने छन।
यो एप प्रयोग कर्ताले लाइभ च्याट मार्फत कुनै पनि खानाको अर्डर गर्न सक्ने छन। जसबाट कस्तो खाना बन्दैछ भन्ने सम्मको जानकारी ग्राहकलाई मिल्ने छ।
ग्राहकले कति बेला कुन ठाउँको लागि कुन रेस्टुरेन्टको खाना खाने सोच बनाए सोही अनुसार अर्डर गर्न सकिने छ। ग्राहकले कुन समयमा कुन एरियामा आफू पुग्ने अनुमान लगाउँछ सोहिअनुसार उक्त स्थानकै प्रतिनिधिबाट सेवा लिन सक्ने छ।
बिदेशमा भएको जस्तै अति अत्याधुनिक तरिकाका खानेकुराका परिकारहरू राखिएको उक्त एपमा तपाईंले कसैलाइ रेकुमेन्ट गर्नुभयो भने केहि आर्थिक लाभ पाउनु हुनेछ भने यो एपमा आफ्नै वालेट भएकाले विदेशमा भएकाहरूले समेत वालेटबाट नेपालमा भएका परिवारलाइ जन्मदिन वा अन्य मनोरन्जनात्मक कार्यक्रमहरूमा सरप्राइज गिफ्टको रूपमा कुनै पनि विदेशको जस्तै खानाका परिकारहरू उपलब्ध गराउन सक्नेछन।

यो एप भर्खरै बजारमा ल्याइएको हो। सुरुवाती चरणमा यो एप डाउनलोड गरेबापत वालेटमा एक सय रुपैयाँ तुरुन्त जम्मा हुनेछ। साथज यसबाट कुनै पनि खानाका परिकारहरू अर्डर गरेमा ५० प्रतिशत छुट समेत रहेको लम्साल बताउँछन।
एन्ड्रोइडका प्रयोगकर्ताले https://play.google.com/store/apps/details?id=com.justnep.customer मा गएर एप डाउनलोड गर्न सक्नेछन भने आइओएस प्रयोगकर्ताले http://apps.apple.com/app/id1513066186 मा गएर एपलाई आफ्नो पहुँचमा सहजै ल्याउन सक्ने छन।
अहिले काठमाडौं , भक्तपुर र ललितपुरमा मात्र आफ्नो सेवा संचालनमा ल्याइएको र यो सेवालाई निकट भबिस्यमै देशका प्रमुख सहर तथा बजारहरुमा समेत बिस्तार गरिने सिइओ लम्सालले बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८