• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

सार्वजनिक भयो एसईईको नतिजा

  • खबरदाता

सार्वजनिक भयो एसईईको नतिजा

४ लाख ८४ हजार २७८ जना उत्तिर्ण

साउन २३,२०७८

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले आफै गरेको आन्तरिक मूल्याङ्कनको आधारमा बोर्डले नतिजा प्रकाशित गरिएको हो।

५ लाख १७ हजार १२२ जनाले परिक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २७८ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ।

नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।

त्यसैगरी www.see.gov.np ,www.neb.gov.np , www.see.edusanjal.com,www.see.ntc.net.no ,www.ekantipur.com ,www.ncell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।

केही दिन अघि मात्र राष्ट्रिय परिक्षा बोर्डले देश भरका २४ जिल्लाले जथाभावी रुपले बढी नम्बर दिएकोले सो बारेमा जाँचबुझ गर्नु पर्ने भन्दै नतिजा प्रकाशनमा ढिला हुने बताएको थियो।

  • प्रकाशित मिति : साउन २३, २०७८, शनिवार ०९:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८