परिक्षण मध्ये २२.२५ प्रतिशतमा संक्रमण
साउन २०,२०७८
चितवन । आज चितवनमा ७७७ जनाको पिसिआर परिक्षण गर्दा १४६ र १८९ को एन्टिजेन परिक्षण गर्दा ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप १० जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १४४ , खैरहनिमा १४, माडि २०, रत्ननगर २२,राप्तीमा ६, कालिकामा र इच्छाकामनामा २ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ८७ जनाको आइसियुमा छन। जसमध्ये २४ जनाको भेन्टिलेटर र ५५ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २३२० जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका ५, गोरखा १, नवलपुर ३ र मकवानपुरका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३४१ पुगेको छ । आज चितवनमा ८१ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८