परिक्षण मध्ये १९.२४ प्रतिशतमा संक्रमण
साउन १८,२०७८
चितवन । आज चितवनमा ९१० जनाको पिसिआर परिक्षण गर्दा १४४ र २८० को एन्टिजेन परिक्षण गर्दा ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १४३ , खैरहनिमा १७, माडि १३, रत्ननगर ३९,राप्तीमा १२, कालिकामा ३ र इच्छाकामनामा २ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ८० जनाको आइसियुमा , जसमध्ये १८ जनाको भेन्टिलेटर र ४८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २१९२ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका १ र बाराका १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३३५ पुगेको छ । आज चितवनमा १८७ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८