• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

जसको मुख बिश्वमै ठुलो मानिन्छ


जसको मुख बिश्वमै ठुलो  मानिन्छ

साउन १८, २०७८ -एजेन्सी

अमेरिकाको कनेक्टिकटकी समान्था राम्सडेलको मुख विश्वकै ठूलो भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले जनाएको छ । उनको मुख ६.५६ सेन्टिमिटरसम्म खुल्ने र तेर्सो नाप्दा १० सेन्टिमिटरसम्म पुग्ने उल्लेख छ ।

राम्सडेलले आफूलाई आफ्नो मुख जहिले पनि ठूलो लाग्ने भए पनि टिकटकमा भिडियो पोष्ट गरेपछि मात्र यो कीर्तिमानी भएको थाहा पाइन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनलाई कीर्तिमानका लागि प्रयास गर्न भनेपछि उनले गिनिज बुकमा नाम लेखाउन पुगेकी थिइन् ।

३१ वर्षीया राम्सडेलको टिकटकमा १७ लाख फलोअर्सहरु रहेका छन् । ‘मेरो मुखको कारणले म यति चर्चित हुन्छु भन्ने सोचेको पनि थिइनँ,’ उनी भन्छिन् । भिडियोहरुमा उनले मुखमा एकैपटक तीनवटा डोनट अटाएको, ठूलो मात्रामा फ्राइजहरु अटाएको लगायत छन् ।

  • प्रकाशित मिति : साउन १८, २०७८, सोमवार ०५:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८