परिक्षण मध्ये १३.८३ प्रतिशतमा संक्रमण
साउन १७,२०७८
चितवन । आज चितवनमा ५६८ जनाको पिसिआर परिक्षण गर्दा ७८ र ३ को एन्टिजेन परिक्षण गर्दा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ४ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ६५ , खैरहनिमा ३, माडि १, रत्ननगर ६ र कालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ७६ जनाको आइसियुमा , जसमध्ये १९ जनाको भेन्टिलेटर र ५२ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २१५१ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवनका २ र नवलपुरका २ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३३४ पुगेको छ । आज चितवनमा १६१ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८