साउन १६,२०७८
नेकपा एमाले नेपाल समुहले भरतपुर महानगर कमिटी गठन गरेको छ ।
सनिवार भरतपुरमा आयोजित एक कार्यक्रममा एमाले नेपाल समुहले बिष्णु राज महतोको अध्यक्षतामा १ सय ७७ जना सदस्य रहेको महानगर कमिटी गठन गरेको हो।
कमिटीको उपाध्यक्षमा केशव राज पोखरेल रहेका छन भने सचिबमा रोहित सुवेदी ,सह सचिबमा सोभा पन्डित रहेका छन।
कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश कमिटीका सह सम्योजक केदार न्यौपानेले नब निर्बाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।
अहिले ओलीले हठका कारण पार्टीमा बिचलन आएको र यसलाई आफुहरुले एक पार्दै लगेको न्यौपानेले बताए ।
उक्त कार्यक्रममा अतिथिको तर्फबाट पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनाल, केन्द्रिय प्रतिनिधि सुर्य शर्मा लामिछाने र पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र बहादुर खड्काले मन्तब्य राखेका थिए।
एमाले नेपाल समुहले करिब दुई महिना अगाडि महानगर कमिटी गठन गरे पनि कोभिडका कारण सपथ भने सनिवार मात्र गराएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८