श्रावण–७,२०७८
चितवनमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृती दिवस मनाइएको छ । पुष्पलाल मित्रता केन्द्र जिल्ला तर्दथ समितिलाई समेत पूर्णता दिँदै चितवनको नारायणगढमा कार्यक्रम गरी दिवस मनाइएको हो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले पुष्पलालको योगदान,पार्टी सदस्यता नवीकरण र एमालेका बर्तमान अबस्थाको विषयमा प्रकाश पारेका थिए ।
त्यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै अन्य वक्ताहरुले पुष्पलाल श्रेष्ठले कम्युनिष्ट आन्दोलन संस्थागत गर्न खेलेको भूमिकाको चर्चा गर्दै वर्तमान समय नेपालमा कम्युनिष्ट पार्टीमा आएको विचलन प्रति चिन्ता व्यक्त गरेका थिए । अहिले पनि पुष्पलालको योगदानलाई सम्झने हो र उहाँले त्यो समय खेलेको भूमिकालाई कार्यान्वयन गर्ने हो भने अहिलेको विवाद समाधान हुने समेत दावी गरेका थिए ।

आजनै भएको समिति विस्तार कार्यक्रममा पुष्पलाल मित्रता केन्द्र जिल्ला तदर्थ समितिको संयोजकमा सूर्य शर्मा लामिछाने, सचिवमा खोमकान्त रेग्मी, सदस्यहरुमा एकनारायण पौडेल, वावुराम पाठक, बालकृष्ण लोहनी,प्रकाश चापागाई, प्रेमहरी सुवेदी, शिवजी गायक, शुशिला थपिलिया, गोपालजी गुप्ता, भूमि सापकोटा, हरि अधिकारी, रामचन्द्र सिलवाल, एञ्जिला कुँवर र तारा हमाल रहेका छन् ।
केन्द्रका अध्यक्ष सुर्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष तेजेन्द्रबहादुर खड्काले राजनीतिक घटनाक्रमको बारेमा जानकारी गराएका थिए । समितिका सचिव खोमकान्त रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८