एमाले फुट्दै, माओवादी जुट्दै स् देउवा सरकारमा माधव समूह समेत आउने तयारी
असार ३१,२०७८
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मगलबार सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गरे । सो क्रममा प्रष्ट रुपमा डेढ वर्ष म सत्ता बाहिर बस्ने संकेत व्यक्त गरे । उक्त सम्बोधनको सार माधव नेपाल समूह एमालेमा नआउने र वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने आंकलन ओलीको छ ।
मंगलबारनै एक टेलिभिजन कार्यक्रमको अन्र्तवार्तामा माधव समूहका नेता विरोध खतिवडाले ओलीलाई भगवान मान्न नसक्ने भन्दै देउवालाई विश्वासको मत दिने प्रष्ट संकेत गरेका छन् । त्यती मात्रै नभएर एमालेकै नेता माधव नेपालको कारण आफ्नो सत्ता ढलेको भन्दै अध्यक्ष केपी ओलीले उनलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।
बालुवाटारबाट कार्यकर्ताको स्कर्टिङमा बालकोट पुगेका ओलीले बार्दलीबाट अरु नेताहरुको हकमा गल्ती र कमजोरी स्वीकारेर एमालेमा आउने ठाउँ बाँकी भए पनि माधव नेपालको निम्ति त्यो बाटो नभएको उनले बताएका हुन् ।
‘अरु नेता कार्यकर्ताले आत्माआलोचना गरेर आए पार्टीमा ठाउँ पाउँछन् । तर, माधव नेपालको हकमा अब त्यो सम्भव छैन’ कार्यकर्ताले नेपाललाई एमालेबाट निकाल्नुपर्ने माग गरेपछि ओलीले भने, ‘आफ्नै पार्टीको सरकार ढाल्ने माधव नेपालको हकमा गल्ती कमजोरी स्वकार गरी आत्मालोचना गरेर पार्टीमा फर्किने कुनै ठाउँ छैन ।’आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्नका लागि विरोधी पार्टीहरुको लाइन लगाएर राष्ट्रपतिकोमा जाने नेपाल लाजशरम् हराएका मानिस भएको टिप्पणी ओलीले गरेका हुन् ।
यता युवा संघका कार्यकर्ताले कोटेश्वर–बालकुमारीबीचको आकाशे पुलनजिकै नेता नेपालको पुत्ला दहन गरेको हो । आफ्नै पार्टीको सरकार ढाल्न विपक्षी गठबन्धनको बुई चढेको भन्दै सर्वोच्चको आदेशपछि नेपालसँग एमाले संस्थापन पक्ष रुष्ट बनेको छ ।
माथीका उदारणले के प्रष्ट हुन्छ भने माधव नेपाल समूह अव एमालेमा फर्कने बाटो छैन । त्यो ओलीको रवैया बुझेका माधवले प्रधानमन्त्री देउवालाई बुधवार चिया खान आफ्नो निवास कोटेश्वर बोलाए । नेपाल र देउवाबीच लामो भलाकुसारीसंगै सत्ता समितकरणसम्मका गफ भएको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले नेकपा एमालेका वरिष्ठ नेपाललाई बुधवार भेटेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन् । नेपाल निवास कोटेश्वरमै पुगेर देउवाले यस्तो प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार देउवाले आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक कानूनी तारतम्य मिलाइदिन सक्ने आश्वासन पनि नेपाललाई दिएका थिए । देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘म तपाईंको अप्ठेरो फुकाउन तयार छु । तपाईंले मलाई सहयोग गर्नुभएको छ । म पनि तपाईंलाई सहयोग गर्छु । जसरी संसद जोगाउनका लागि हामी सँगै अदालत गयौं, भोली पनि संसद जोगाउन सँगै रहनुपर्छ । तपाईं एमालेमा रहन नसक्ने भए दल विभाजन गर्न आवश्यक कानूनी प्रवन्ध मिलाउन पनि तयार छु ।’ यसबाट के प्रष्ट हुन्छ भने नेपाल समूहले ३० दिन भित्र देउवालाई विश्वासको मत दिने छन् । यसले सरकार डेढ वर्ष सञ्चालन हुने र चुनावमा जाने देखिन्छ ।
माधव नेपाल एमालेमा नजाने माओवादीको एकता हुने
माधव नेपाल समूह एमालेबाट बाहिरन खोजिरहेको समयमा यता छिन्नविन्न भएको माओवादी समूह भने एकता प्रक्रियामा जाने संकेत गरेको छ । पछिल्लो भूमिगत जीवनबाट सार्वजनिक भएको लामो समय भइसक्दा पनि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिएनन् । तर, उनले अचानक बुधबार खुमलटार गएर प्रचण्डसँग भेटघाट गरे ।
सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र अन्य दुई केन्द्रीय सदस्यसहित प्रचण्ड निवास खुमलटार पुगेका विप्लवले पूर्व माओवादी घटकहरुबीच एकताको प्रस्ताव प्रचण्डसँग गरेका छन् । ‘बदलिएको परिस्थितिमा सहकार्य र साझेदारीको प्रस्ताव लिएर प्रचण्डलाई भेट्न विप्लव खुमलटार जानु भएको हो,’ खुमलटारनिकट स्रोत भन्छ, ‘पुरानो माओवादीहरुबीचमा एकीरकणबारे छलफल भएको हो । पुरानो एमाले मिल्छ भने पुरानो माओवादी पनि मिल्नुप¥यो नि।’
पूर्व माओवादी घटकहरुबीच एकताको विषयमा कुरा भएको हो भन्ने प्रश्नमा प्रचण्डको निजी सचिवालयका एकजना सदस्यले भने–‘सबै कम्युनिष्टहरु ध्रुविकृत हुनुपर्छ, केन्द्रिकृत हुनुपर्छ भनेर अध्यक्ष्यले सार्वजनिक रुपमा आह्वान गरिरहनु भएको छ । यो विषयमा कुरा नहुने भन्ने हुँदैन।’ माओवादी विद्रोहको महत्वपूर्ण समयमा साथमै रहे पनि विप्लव पछिल्लो समय प्रचण्डको कटु आलोचक मानिन्छन् । उनले लामो समय प्रचण्डसँग भेटवार्ता गरेका थिएनन् । प्रचण्डको पहलमा शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको भोलिपल्ट प्रचण्ड भेट्न विप्लव खुमलटार पुग्नुलाई धेरैले अर्थपूर्ण मानेका छन् ।
तर, प्रचण्डको निजी सचिवालय भने आज भेट्नुका पछाडि विशेष कारण नभएको बताउँछ। ‘अहिलेका समसामयिक विषयमा कुराकानी भयो,’ ती सदस्य भन्छन्, ‘भेटौं भन्ने कुरा पहिले नै भइरहेको थियो, बुधवार समय मिलेर भेटेको हो । अरु यसको कारण केही छैन् ।’ अब दुई नेताहरुबीच नियमित भेटघाट हुने बताइएको छ । भेटघाटको पहल दुवै तर्फबाट भएको थियो । पूर्व पोलिटव्युरो सदस्य एवम् प्रदेशसभा सदस्य डिबी खराल, पूर्व माओवादी बाल सैनिक संगठनका अध्यक्ष लेलिन बिष्ट लगायतले भेटघाटको पहल गरेका थिए।
गत फागुन २१ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको थियो । विप्लवले ओली सरकारले उक्त सहमति पालना नगरेर धोका दिएको भन्दै नयाँ सरकारले आफूसँगका सहमति कार्यान्वयन गर्नुपर्ने माग समेत प्रचण्डसँग गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८