• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बिप्लबले किन भेटे प्रचण्ड ?

  • खबरदाता

बिप्लबले किन भेटे प्रचण्ड ?

असार ३०, २०७८

सरकार परिवर्तन भएसँगै राजनीतिक परिदृष्य फरक देखिन थालेका छन् । ओली सरकारले शान्ति प्रक्रियामा ल्याएका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह उनी हटेसँगै दलहरुसँगको छलफल र भेटघाट थालेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

कांग्रेस नेतृत्वमा गठबन्धनको नयाँ सरकार बनेसँगै खुमलटारस्थित प्रचण्ड निवास पुगेर विप्लवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरिसकेको विप्लव समूहले प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विप्लव‍सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि खुमलटार पुगेका थिए।

सम्झौता बमोजिम पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा गर्ने ओली सरकारले आश्वासन दिए पनि अहिलेसम्म रिहा नभएपछि विप्लव समूह रुष्ट भएको थियो । प्रचण्डसँगको भेटमा पनि कार्यकर्ता रिहाइको लागि पहल गर्न भनिएको बुझिएको छ ।

  • प्रकाशित मिति : असार ३०, २०७८, बुधवार १४:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८