• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको नाउँमा अवैध लेवि नउठाउन एमाले चितवनका अध्यक्ष खड्काको चेतावनी

  • खवरदाता

एमालेको नाउँमा अवैध लेवि नउठाउन एमाले चितवनका अध्यक्ष खड्काको चेतावनी

असार–२५, २०७८

चितवन । नेकपा एमाले जिल्ला कमिटी चितवनले अवैध रुपमा लेवी उठाउने काम भएको भन्दै उक्त अवैध कार्य नगर्न चेतावनी दिएको छ । अध्यक्ष तेजेन्द्र बहादुर खड्काद्धारा जारी प्रेस विज्ञप्ती मार्फत आफूहरुको नेतृत्वको एमाले मात्रै आधिकारिक भएको भन्दै अवैध रुपमा लेवि उठाएको कार्य तत्काल रोक्न माग गरिएको हो ।

नेकपा (एमाले) को नवौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी नै आधिकारीक जिल्ला कमिटी भएको र उक्त कमिटीका तत्कालिन अध्यक्ष कृष्णभक्त पोखरेलले जिल्ला अध्यक्षको जिम्मेवारीबाट पन्छिए पछि सोही अधिवेशनबाट निर्वाचित उपाध्यक्ष तेजेन्द्र बहादुर खड्का नै विधानत स्वत जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेकोले सो वाहेक अन्य कुनै पनि कमिटीको नाममा गरिने पार्टी गतिविधि अवैधानिक रहने बताउँदै उक्त कार्य रोक्न भनिएको हो ।

०७५ जेठ २ गते अघिको पार्टी संगठनलाई नै सक्रिय बनाउन पटक पटकको आग्रहलाई वेवास्ता गर्दै जिल्लामा अवैधानिक कमिटीको नाममा लेवि उठाउँदै हिंडेको सुनिन आएकाले सम्पूर्ण पार्टी पंक्ति विचार सिद्धान्त र साँगठनिक पद्धतिको आधारमा विधानबमोजिम प्राप्त पार्टी सदस्यहरुलाई भ्रम सिर्जना गरी लेवी नउठाउ भनिएको छ । उक्त कार्य पार्टी विधान विपरित रहेको र पार्टी केन्द्रिय तहमा एकताको लागि वार्ता सम्वाद चलिरहेको समयमा एकतालाई नै वाधा पु¥याउने गरी लेवी उठाउने कार्य तत्काल बन्द गर्न सम्पूर्ण मातहत कमिटीहरुमा निर्देशन समते गरिएकोछ । साथै विवादको निरुपण नभई कुनै पनि बहानामा लेवी रकम नबुझाउन हुन समेत सम्पूर्ण पार्टी सदस्यहरुमा हार्दिक आव्हान गरिएकोछ ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतको पैmसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिघटन भई नेकपा (एमाले) पुनर्गठन हुन पुगेको थियो । केन्द्रिय कमिटी देखि स्थानीय तहसम्मका २०७५ जेठ २ गते अघिका साविक कमिटीहरु नै नेकपा (एमाले) को आधिकारीक कमिटी भएको र उक्त कमिटीद्वारा गरिने काम कारवाही मात्रै वास्तविक नेकपा (एमाले) को काम कारवाही रहने अध्यक्ष खड्काको भनाई छ ।

यतिबेला पार्टी भित्र विधान सम्मत ढंगले कमिटीहरु पुनस्र्थापना हुनुपर्ने, पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको म्याण्डेट बमोजिम पार्टी संचालन हुनुपर्ने भनि सशक्त आवाज उठ्दै आएको छ । तर चितवनमा भने अवैधानिक कार्य गरिएकोमा आपत्ती जनाइएको हो ।

  • प्रकाशित मिति : असार २५, २०७८, शुक्रवार ०८:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८