सेतिदोभानमा पहिरो खस्यो,नारायणगढ- मुग्लिन सडक खण्ड पुनः अबरुद्ध

  • खबरदाता
  • असार २४, २०७८

 

असार २४, २०७८

बुधबार दिउँसोबाट दुइतर्फी संचालनमा आएको नारायणगढ( मुग्लिन सडक खण्ड गए रातिबाट अबरुद्ध भएको हो ।

उक्त सडकखण्डको सेतिदोभानमा पहिरो खसेपछी गए रातीदेखिनै सडक अबरुद्ध भएको हो।अहिले बिहान ६ बजे बाट २ वटा जेसिबी प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको चितवन प्रहरी प्रबक्ता डिएसपि सुर्य थापाले जानकारी दिए। पुन पनि पर्न थालेकोले पहिरो पन्छाउन समस्या भएको र पानी रोकिएमा चाँडै बाटो खुलाउने उनले बताए ।

लगातारको बर्षाले गर्दा बिगत एक साता देखि सो सडक खण्ड पुर्ण रुपमा संचालनमा आउन सकेको छैन ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८