• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

युरो कप: १० औं भेटमा इटाली संग स्पेन पराजित

  • खबरदाता

युरो कप: १० औं भेटमा इटाली संग स्पेन पराजित

असार २३,२०७८

स्पेनलाई टाइब्रेकररमा ४–२ ले हराउँदै इटाली युरो कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अल्भारो मोराटाको पेनाल्टी इटालीका गोलरक्षकले बचाए पछि जर्जीन्होले इटालीका तर्फबाट विजयी पेनाल्टी प्रहार गरेका थिए ।

इटालीले ६० औं मिनेटमा फेड्रिको सिसको गोलमा अग्रता लिएका थियो । सिसोको घुमाउरो प्रहार स्पेनका गोलरक्षकले प्रयासका बाबजुद गोलमा परिणत भएको थियो । खेल सकिन १० मिनेट बाँकी रहँदा मोराटाले डानी अल्मो सँग सहकार्य गर्दै गोल गरे । इटालीको युरो कपमा यो चौथो फाइनल प्रवेश हो ।

ठुला प्रतियोगितामा स्पेन र इटाली दुवैले १० औं पटक पेनाल्टी सुट आउटको सामना गरे । ठुला प्रतियोगितामा स्पेन र इटालीको यो १० औं भेट हो । इटालीले एउटै प्रतियोगितामा १२ गोल गरिसकेको छ । उता, स्पेनले पनि १३ गोल गरेको छ । ६ गोल सहित मोराटा युरोपेली च्याम्पियनसिपमा सबैभन्दा धेरै गोल गर्ने स्पेनिस खेलाडी भएका छन् ।

  • प्रकाशित मिति : असार २३, २०७८, बुधवार ०१:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८