• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

पेट्रोल संगै ग्यासको पनि मुल्य बढ्यो

  • खबरदाता

पेट्रोल संगै ग्यासको पनि मुल्य बढ्यो

असार २२,२०७८

अघिल्लो पटक मुल्य बढाएको दुई साता पूरा नहुदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः बढाएको छ।

निगमले प्रति लिटर २ रुपैयाका दरले मुल्य बढाए सगै पेट्रोलको मुल्य १२९ पुगेको छ ।यस्तै डिजेल र मटितेलको मुल्य ११२ रुपैयाँ पुगेको छ ।

गत असार १० गते पनि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो ।

यता खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।
निगमले अझै मुल्य बढ्न सक्ने जनाउँदै आएको छ ।

  • प्रकाशित मिति : असार २२, २०७८, मंगलवार १५:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८