• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुजिता मृत्यु प्रकरणले हिंसात्मक रुप लिएपछि चितवनको राप्तीमा कर्फ्यु आदेस जारी

  • खबरदाता

सुजिता मृत्यु प्रकरणले हिंसात्मक रुप लिएपछि चितवनको राप्तीमा कर्फ्यु आदेस जारी

असार २२,२०७८

जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्गका केहि क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा मंगलबार साँझ साढे ७ बजे देखि बुधबार साँझ साढे ७ बजेसम्म कर्फ्यु आदेश जारी हो। यो आदेश पूर्व–पश्चिम राजमार्गको लोथर पुलदेखि राप्ती–४ को डडुवासम्मको राजमार्ग तथा दायाँ, बायाँको ५०० मिटर क्षेत्र भित्रका लागि लागू गरिएको छ ।

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही दिन देखि राप्ती नगरपालिकाको पुर्ब पश्चिम् राजमार्गमा व्यक्तिहरुले सडक अवरुद्ध गर्ने, जथाभावी बीच सडकमा भीड जम्मा गर्ने, टायर बाल्ने , हुलहुज्जत, ढुंगामुडा, सवारीसाधन तोडफोड तथा निजी सम्पत्ति र संरचना तोडफोड, आगजनी तथा हुलदंगा गरेको र अझै गर्न सक्ने देखिएकाले कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

कर्फ्युको समयमा लामो दूरीका सवारी साधनबाहेक कुनैपनि व्यक्तिले आवातजावत गर्न, भेला हुन पाइने छैन। स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन पनि पाइने छैन।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६८ क (१) बमोजिम गरिएको आदेश अवज्ञा गर्ने व्यक्तिलाई तत्काल गिरफ्तार गरी एक महिना कैद वा जरिवाना वा दुवै सजाय हुने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

  • प्रकाशित मिति : असार २२, २०७८, मंगलवार १४:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८