• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कोमाबाट ब्युँतियो एमाले एकताका लागि गठन गरिएको कार्यदल


कोमाबाट ब्युँतियो एमाले एकताका लागि गठन गरिएको कार्यदल

असार २२, २०७८

एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ । यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ । छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् । बैठकमा विगतमा भएका कामकारबाहीको समीक्षा गरिएको थियो ।

बैठकपछि माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले मंगलबार पार्टी मिलाउन घनीभूत ढंगले लागिपर्ने बताए ।

संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले लामो समयपछि बसेको कार्यदलको औपचारिक बैठकले सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देश दिने बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

  • प्रकाशित मिति : असार २२, २०७८, मंगलवार ०२:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८