मुग्लिन- काठमाण्डौ सडक खण्ड अबरुद्ध

  • खबरदाता
  • असार २०, २०७८

असार २०,२०७८

बाटो भासिएपछी पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन – काठमाडौं सडक खण्ड अबरुद्ध भएको छ ।

आइतबार बिहान ११ बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ३ स्थिति फिस्लिङमा सडक भासिएको हो।उक्त स्थानमा ३० मिटर लम्बाई र १६ मिटर चौडाइ सडक आफै भासिएको चितवन प्रहरीले जनाएको छ ।
साथै उक्त मार्ग प्रयोग गर्ने सबैलाई साबधानी अपनाउन समेत प्रहरीले अनुरोध गरेको छ ।

यता नारायणगढ – मुग्लिन सडक खण्डको सेती दोभानको पहिरो पन्छाएपछी एक तर्फी यातायात संचालनमा आएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८