इङ्गल्यान्ड र डेनमार्कको भेट अब सेमिफाइनलमा

  • खबरदाता
  • असार २०, २०७८

असार २०,२०७८

इङ्गल्यान्ड र डेनमार्क बिच युरो कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा भेट हुने भएको छ । शनिवार राती भएको क्वार्टर फाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हरायो भने युक्रेनसंगको खेलमा इङ्गल्यान्ड ४–० ले विजयी भयो ।

सुरुवात देखि अन्त्य सम्म उत्कृष्ट रहेको गेराथ साउथ गेटको प्रशिक्षणमा रहेको इङ्गल्यान्डका हेरी केनले चौथो मिनेटमा रहिम स्टर्लिङको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफ सुर भए लगत्तै लुक सको फ्रिकीकमा हेरी माग्युरले गोल गर्दै इङ्गल्यान्डको अग्रता फराकिलो पारेका थिए । तीनै सको पासमा ५० औं मिनेटमा केनले टोलीको तेस्रो गोल गरे । ६३ औं मिनेटमा मेसन माउन्टको कर्नरमा वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले गोल गरे । यो उनको ६३ औं खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

यस अघि भएको खेलमा डेनमार्कले सुरुवातमै अग्रता लिएको थियो । सातौँ मिनेटमा जेन्स स्जरको कर्नरमा टोमास डेन्लीले हेड गोल गर्दै डेनमार्कलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो खेलमा मिडफिल्डर क्रिस्चीयन गोरान इरिक्सन घाइते हुनुका साथै फीनल्यान्डसंग पराजित डेनमार्कको सेमिफाइनल यात्रामा जोकीम मेहालको क्रसमा माटिर्न ब्राथह्वाइटले गोल गरे । दोस्रो हाफको सुरुवातमा चेकका प्याट्रिक स्चीकले गोल गरे । प्रतियोगितामा उनको यो पाँचौँ गोल हो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८