रगत संकलनमा चितवनका लायन्स क्लब

  • खबरदाता
  • असार १९, २०७८

असार १९,२०७८

चितवन । रगतको अभाव देखिएपछि चितवनका लायन्स क्लबहरु रगत संकलनमा जुटेका छन।

जिल्लामा भईरहेको रगतको अभाबलाई केहि हद सम्म पुर्ति गर्ने उद्देश्यले लायन्स क्लब अफ चितवन चौतारीको आयोजनामा भरतपुर ४ मा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। जसमा ५ महिला र ६९ पुरुष गरि ७४ जनाले रक्तदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का गर्भनर लायन रामप्रसाद भट्टले परिणमामुखि अझै मानबिय र सामाजिक कार्यमा सम्लग्न हुन सबै लायन्सकर्मीहरुलाई आग्रह गरे। जहाँ समस्या त्यहाँ लायन्सलाई सम्झन समेत उनले सबैलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष हरिप्रसाद आचार्य, डिष्ट्रिक सचिब प्रभाकर पण्डित, डिष्ट्रिक एक्जुकेटिभ चिफ सिद्धार्थलाल चुके,दिनानाथ न्यौपाने, नवराज सापकोटा, हरिप्रसाद घिमिरे लगायतका लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो ।

क्यान्सर सम्बन्धि सचेतना पनि

सोहि अवसरमा बाल बालिकाहरुमा हुने रक्त क्यान्सरको सचेतना सम्बन्धि कार्यक्रम समेत गरिएको थियो । डा। निभा तिवारी र डा।बिबेक कंडेलले सो कार्यक्रममा सहजीकरण गरेका थिए। कार्यक्रममा चिकित्सकहरुले रक्त क्यान्सर बारेको भ्रम र यर्थातता एवं यसले पार्ने प्रभाब एवं उपचारात्मक अवस्थाको बारेमा जानकारी गराए ।

कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिको आयोजना तथा लायन्स क्लब अफ आरोग्य,लायन्स क्लब अफ चितवन मालिका,लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट,लायन्स क्बल अफ लायन्स क्लब अफ चितवन स्पन्दन र लायन्स क्लब अफ भरतपुर स्याउली बजारको सह आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा . गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न थियो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८