• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

अपडेट : नारायणगढ – मुग्लिन सडक सुचारु

  • खबरदाता

अपडेट : नारायणगढ – मुग्लिन सडक सुचारु

असार १९,२०७८

तीन दिन देखि अबिरल रुपमा भएको बर्षाका कारण अबरुद्ध भएको नारायणगढ – मुग्लिन सडक सुचारु भएको छ ।

बिहिवारबाट लगातार पानी परेको कारण नारायणगढ-मुग्लिन सडकखण्डको बिभीन्न स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो।

सडक बिभाग र प्रहरी प्रशासनको सक्रियतामा लगातार पहिरो हटाउने काम भएपछि सो सडक खण्डको चारकिलो,पाँचकिलो,सेतिदोवान,घोप्टेभिर र कुरिनटारमा खसेको पहिरो हटाइ सनिवार बिहान ९स्१० बजे बाट यातायात सुचारु गरिएको चितवन प्रहरीले जनाएको छ ।

अहिले सडक एकतर्फी मात्र संचालन भएकोले सवारी चालकले हतार नगरी आफनो लेनमा बसि ट्राफिक व्यबस्थापनमा खटिएको ट्राफिक प्रहरी र प्रहरीको ट्राफिक संकेतको पालना गरी सवारी साधन सञ्चालन गर्नु समेत जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

  • प्रकाशित मिति : असार १९, २०७८, शनिवार ०५:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८