ब्राजिल र पेरु सेमिफाइनलमा

  • खबरदाता
  • असार १९, २०७८

असार १९,२०७८

ब्राजिल र पेरु कोपा अमेरिका कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनल प्रवेशको क्रममा ब्राजिलले चिली माथि १–० को जित हात पारेको हो । ब्राजिललाई जित दिलाउने क्रममा वैकल्पिक खेलाडी लुकास पाक्वेटाले गोल गरे । जितका बाबजुद फरवार्ड फरवार्ड गाब्रीयल जेसस रातो कार्ड पाउनु भने ब्राजिलका लागि दुखद रहन पुग्यो ।

अर्को खेलमा पेरुले पाराग्वेलाई टाई ब्रेकरमा ४–३ ले हराउन सफल भयो । यी दुई बिच निर्धारित समयमा ३–३ गोलको बराबरी भएको थियो । कुल दुई प्रहार रोकिएको तथा तीन प्रहार बचेको खेलमा पेरुका लागि मिगायुल ट्रुकोले निर्णायक प्रहार गरे । यस अघि पेरुका गोलरक्षक पेड्रो गालीजले अल्बर्ट स्पानीलाको प्रहार रोकेका थिए ।

खेलका ११ औं मिनेटमा पाराग्वेका कप्तान गुस्ताभो गोमेजले गोल गरेका थिए । पेरुका जीयानलुका लापाडुले २१ औं र ४० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मध्यान्तर अघि गोमेजले रातो कार्ड पाएर धक्का सहेको पाराग्वेका जुनियर अलान्सोले ५४ औं मिनेटमा बराबरी गोल गरेका थिए । ८० औ मिनेटमा युसुमार युतनले गोल गर्दै पेरुलाई दोस्रो पटक अग्रता दिलाएका थिए । पेरुका गाब्रीयल अल्भासले ८४ औं मिनेटमा रातो कार्ड पाए भने अन्तिम मिनेटमा पराग्वेका गाब्रीयल अलाभोसले गोल गरे । पेरु र ब्राजिल बिच सेमिफाइनल भिडन्त हुने छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८