काँग्रेसद्वारा ८ कारणसहित अध्यादेश अस्वीकार गर्ने सूचना संसद सचिवालयमा दर्ता

  • खबरदाता
  • असार १९, २०७८

असार १९,२०७८

नेपाली काँग्रेसले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ ।

राष्ट्रिय सभा काँग्रेस संसदीय दलले शुक्रबार अध्यादेश अस्वीकार गर्ने सूचना पेश गरेको हो ।

संसद्मा विधेयक ल्याएर विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत कानुन ल्याउँदा संसदीय अभ्यास र मर्यादाविपरीत हुने भन्दै अध्यादेश अस्वीकार गर्ने काँग्रेसले नीति लिएको छ । त्यसका आठ कारण पनि पेस गरेको छ ।

अस्विकारका ८ कारण

१ नेपालको संविधानको मर्म र भावना विपरित

२ पृथकीकरणको सिद्धान्त विपरित

३ संसदीय मान्यता र भावना विपरीत

४ संसद छलेर ल्याइएको अध्यादेश

५ असमसामयिक एवं असान्दर्भिक,

६ सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत कामकारवाही रोकेको विषय संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेश मार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरित

७ कर निर्धारण लगायत आर्थिक सम्बन्धी विषयहरु र विनियोजन सम्बन्धी विषयहरु जनप्रतिनिधिहरुको थलो संसदमा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधि सभा विघटन गरी ल्याएको अध्यादेश भएकोले,

८ कतिपय विधेयकहरु संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेश मार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरित भएकोले

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८