• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

नारायणगढ – मुग्लिन सडक :चार किलोमा फेरि खस्यो पहिरो , बाटो खुल्ने अनिश्चित

  • खबरदाता

नारायणगढ – मुग्लिन सडक :चार किलोमा फेरि खस्यो पहिरो , बाटो खुल्ने अनिश्चित

असार १८,२०७८

नारायणगढ – मुग्लिन सडक खण्डमा पुनः पहिरो खसेपछि यातायात सेवा अबरुद्ध भएको छ ।

उक्त सडक खण्ड अन्तर्गत चार किलो लगातार पहिरो खसेपछि बाटो खुल्ने अनिश्चित भएको चितवन प्रहरीले जनाएको छ ।

बिगत केहि दिनदेखि अबिरल रुपमा परिरहेको वर्षाको कारण सो सडक खण्डको चार किलोमा खसेको पहिरो हटाउने क्रममा पुनः पहिरो खसेको हो।

प्रहरीले उक्त सडक मार्ग भएर आवत जावत गर्ने सबैलाई साबधानी अपनाउदै सुरक्षित रहन र सकेसम्म बैकल्पिक सडक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।

साथै कुनै जानकारी चाहिएमा तथा समस्या परेमा तुरुन्त प्रहरी कन्ट्रोल १००  मा सम्पर्क गर्न समेत चितवन प्रहरीले भनेको छ ।

  • प्रकाशित मिति : असार १८, २०७८, शुक्रवार १२:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८