• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

नेपाललाई ओलीको धम्की : हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न

  • खबरदाता

नेपाललाई ओलीको धम्की : हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न

असार १८,२०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार सम्म नेपाल पक्षले सर्बोच्चमा बिचाराधिन मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुनने बताएका छन।

शुक्रवार बालुवाटार एमाले केन्द्रिय कमिटीको बैठकले नेपाल पक्षका २३ सांसदहरूलाइ हस्ताक्षर फिर्ता लिन निर्देश दिएको हो।

ओलीले नेपाल पक्षलाइ चेतावनी शैलिमा भने ,शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नगरे पार्टी एकता हुँदैन।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो भनेका हुन। ओलीले माधव नेपाललाई भेटेरै कुरा गरौं भन्ने प्रस्ताव गरेको तर उनले नमानेको पनि बताएका छन् । “माधव नेपाललाई हिजो फोन गरेँ । भेटेर कुरा गरौं भनेँ । उहाँले इन्कार गर्नुभयो,” केन्द्रीय कमिटी बैठकमा ओलीले भने, “उहाँले फोन पनि उठाउन मन थिएन । किचकिच गरेकाले उठाएँ भन्नुभयो ।”

  • प्रकाशित मिति : असार १८, २०७८, शुक्रवार ११:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८