• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

पानीले पुर्बी चितवनमा बितन्डा, लदेरिको पुल बगायो

  • खबरदाता

पानीले पुर्बी चितवनमा बितन्डा, लदेरिको पुल बगायो

असार १७,२०७८

लगातारको बर्षाले पुर्बीचितवनका अधिकांस भाग डुवानमा परेका छन।

बाढिले रत्ननगरको वडा नम्बर ५,६ र ८ धेरै प्रभावित भएका छन। वडा नम्बर ८ को बाघमारा डुवानमा परेपछी सो क्षेत्रका २२ घरधुरीका करिब १२० जना र त्यहाँका पशु चौपायालाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय टाँडिका प्रहरी प्रमुख डिएसपि इन्द्र बहादुर रानाले जानकारी दिए।

यता कयर खोलामा आएको बाढिले रत्ननगरको शान्तिचोकमा यतायात समेत अबरुद्ध भएको स्थानीय केबुल न्यौपानेले जनाएका छन। न्यौपानेका अनुसार कयर खोलाको ड्याम पनि भत्किएको छ । ड्याम भत्किएका कारण कम क्षति भएको उनले बताए ।

बाढिले खैरहनि स्थिति लदेरी खोलाको पुलमा पनि क्षती पुगेको छ ।जसका कारण अहिले त्यहाँ यातायात सेवा समेत अबरुद्ध भएको छ । यस्तै बाढिले बाबा ग्यास कम्पनीका सिलिन्डर हरु पनि बगाएको स्थानीयले बताएका छन।

अहिले पनि चितवन लगायतका साना ठुला खोलामा पानीको बहाब बढीरहेकोले सतर्क रहन सबैलाई अपिल गरिएको छ ।
बाँकि तस्वीरमा हेरौं

  • प्रकाशित मिति : असार १७, २०७८, बिहीवार ०७:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८