नगरपालिकाको लापर्वाहीले गैँडाकोट-४ फेरि डुब्यो

  • खबरदाता
  • असार १७, २०७८

असार १७,२०७८

नवलपुर । गत बर्ष पनि डुबानमा परेको गैँडाकोट नगरपालिकाको लापार्वाही र वेवास्ताका कारण गैँडाकोट ४ फेरि डुवानमा परेको छ ।

गत वर्ष पुरै जलमग्न भएर वल्तल्ल ह्याम्पाइप राखेर अस्थायी निकास गरिएपनि नगरपालिकाले ह्याम्पाइप निकालेर लैजादा समस्या भएको स्थानीयले बताएका छन।

गैंडाकोट ४ नमुना टोल विकास संस्थाका अध्यक्ष हर्कवहादुर भुजेलले यो समस्या पुन दोहोरिनुको कारण नगरपालिका रहेको बताए । वर्षेनी डुवानमा परेको प्रत्यक्ष देखिनरहने जनप्रतिनिधिहरुको लापार्वाहीले जनता समस्यामा रहेको भुजलेले बताए।

भल भल निकासका लागि राखिएको ह्याम्पाइप नगरपालिकाले ननिकालेको भए यो समस्या हुन्थेन , भुजलले भन्नुभयो,“दीर्घकालिन निकास त के भएको अस्थायी निकास समेत भद्रगोल बनाए । ”

आज नगरपालिकामा डेलिगेशन जाने तयारी भएको भन्दै उनले भने ,“पोहोर त्यति दुख गरेर ह्याम्पाइप  राखियो । अनि निकालेर लगे । अहिले कालिगण्डकी चोकदेखि पानी भरिदै भरिदै जनक स्कूल सम्म आइसकेको छ । ”

उनकासार स्थानीय बद्री रानाभाटको घर डुवानमा पर्न लागेपछि उद्दार गरिएको र अन्यले भएका सर सामान जोगाउन लागिपरेका छन् । भल निकासका लागि नगरपालिकालाई खवर गरेपनि १० बजेपछि मात्रै आउने बताएको भुजेलले बताए। जनता डुबानमा परिसक्दा पनि नगरपालिकाले निकासको काम नथालेको उनको भनाइ छ ।

यता नगरप्रमुख छत्रराज पौडेलले आफू फिल्डमै रहेको र निकासका लागि पहल भइरहेको बताउँछन। वडानम्वर २ बाट आउने बाढीलाई नारायणीमा झार्नेगरी प्रयास भइरहेको बताउँदै यस अघिको ह्याम्पाइप  आआफै निकाल्न लगाएका कारण समस्या बढेको उनको भनाई छ । अहिले बाढी निकासका लागि काम भइरहेको उनले जानकारी दिए।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८