नारायणगढ – मुग्लिन सडक : १० भन्दा धेरै स्थानमा पहिरो, बाटो खुल्ने अनिश्चित

  • खबरदाता
  • असार १७, २०७८

असार १७,२०७८

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बिहिवार बिहानै देखि अवरुद्ध भएको छ । उक्त सडक खण्डका १० भन्दा धेरै स्थानमा पहिरो खसेकोले सडक अबरुद्ध भएको हो।

उक्त सडक खण्डको १०र१२ स्थानमा पहिरो गएको र दुबै तर्फको यातायात सेवा संचालन नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाकाले जनाएका छन।

थापाका अनुसार चार किलो र पाँच किलो भन्ने स्थानमा ठुलो पहिरो गएकोले दुबै तर्फी यातायात बन्द भएको हो। पहिरो पन्छाउने काम भइरहेको भए पनि अबिरल पानी परिरहेकोले समस्या आएको उनले बताए ।

पानी यसरीनै परिरहने हो भने सडक कतिबेला खुल्ने भन्ने यकिन गर्न सक्ने अवस्था नरहेको थापाले जानकारी दिए।

पहिरो गए राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा अहिले पनि निरन्तर पानी परिरहेको छ ।

अत्यावश्यक बाहेन यात्रा नगर्न र गर्नै पर्ने भए बैकल्पिक बाटो प्रयोग गर्न समेत चितवन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८