• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

केहि खुकुलो बनाउँदै चितवनमा निषेधाज्ञा थप

  • खबरदाता

केहि खुकुलो बनाउँदै चितवनमा निषेधाज्ञा थप

 

आषाढ १६, २०७८

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार २४ गते सम्म निषेधाज्ञालाई थप गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन जिल्लामा समेत अझैसम्म उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले असार २४ गते राती १२ बजे सम्मको लागि जिल्लाभर लागुहुने गरि निषेधाज्ञा थप गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जनाए अनुसार अत्यावश्यक बाहेक कोहि पनि घरबाट बाहिर निस्कन पाइने छैन । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी , सेमिनार, तालिम, जात्रा र महोत्सव समेत संचालन गर्न रोक लगाइएको छ ।

प्रशासनले आज गरेको निर्णय अनुसार सेवाग्राहीको बढी भिडभाड हुने सरकारी कार्यालयहरुले बार अनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको छ । जस अनुसार प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालय अब बार अनुसार खुल्नेछन् । कुन कार्यालय कहिले खोल्ने भनेर स्थानीय तहले आलोपालो प्रणाली तोक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । अन्य सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न सक्नेछन् ।

यस्तै शुक्रबारदेखि नै तीन पाङग्रे सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु हुने भएको छ । सार्वजनिक यातायातलाई बिस्तारै सहज बनाउदै लैजाने क्रममा बढीमा २ जना यात्रु बोक्ने गरी तीन पाङ्ग्रे सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

खाधान्य , तरकारी ,फलफूल ,दुध डेरि,अन्डा , चल्ला, दाना,खाना पकाउने ग्यास , लगायत निर्माण सामाग्री सम्बन्धि पसलहरु दैनिक बिहान ६ देखि १० बजे सम्म संचालन गर्न पाइने छ।

इलेक्ट्रिकल , इलेक्ट्रोनिक पसल, भाँडा, फेन्सी ,कम्प्युटर ,कस्मेटिक तथा गिफ्ट पसल हप्तामा तीन दिन संचालन गर्न पाइने छ ।

यस्तै सुन चाँदी पसल , फिर्नीचर, प्रेस तथा फोटोकपि पसल हरु समेत आइतबार , मंगलबार र बिहिवार दिउँसो १२ देखि साँझ ६ बजे सम्म खोल्न पाइने आदेश जारी भएको हो।

अक्सिजन , औषधि ,तथा स्वास्थ्य सामाग्रीका पसलहरु पुर्ण रुपमा यसअघि झै संचालन गर्न पाइने छ ।

  • प्रकाशित मिति : असार १६, २०७८, बुधवार ०९:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८