• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

विश्व विजेता फ्रान्स र उपविजेता क्रोएसिया युरो कपबाट बाहिरिए

  • खबरदाता

विश्व विजेता फ्रान्स र उपविजेता क्रोएसिया युरो कपबाट बाहिरिए

असार १५,२०७८

युरो कप फुटबल प्रतियोगितामा विश्व विजेता फ्रान्स दोस्रो चरणबाट बाहिरिएको छ ।

फ्रान्सका प्रमुख खेलाडी एम्बाबेले प्रहार गरेको पेनाल्टी खेर गए पछि स्वीजरल्यान्डले टाई ब्रेकरमा ५–४ को जित हात पारेको हो । यस अघि निर्धारित ९० मिनेटको खेलमा पनि स्वीजरल्यान्ड हारबाट केही सेकेन्ड मात्र पछि थियो । निर्धारित समयको अन्तिम सेकेन्डमा झाकाको पासमा मारियो गाभ्रानोभीकले गोल गरे पछि खेल ३–३ गोलको बराबरीमा सकिएको थियो ।

सेभरोभीकले १५ औं मिनेटमा स्वीरल्यान्डलाई अग्रता दिलाएको खेलको ५५ औं मिनेटमा रोड्रीगुयजले पेनाल्टी अवसर गुमाउँदै स्वीजरल्यान्डलाई दोहोरो अग्रता दिलाउनबाट चुकेका थिए । यस पछि करिम बेन्जामाले ५७ औं र ५९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । पाउल पोग्वाले ७५ औं मिनेटमा गोल गरे पछि फ्रान्स ३–१ ले अघि बढी सकेको थियो । सेभरोभीकले नै ८१ औं मिनेटमा गोल गर्दै स्वीजरल्यान्डको आशा जगाएका थिए भने अन्तिम मिनेटमा वैकल्पिक खेलाडी गाभ्रानोभीकले गोल गरे पछि खेल बराबरीमासकिएको थियो ।

अतिरिक्त समयमा एम्बापेले दुई राम्रा अवसर गुमाए भने अन्तिम समयमा ओलीभर गेराउर्डको हेड पनि विपक्षी गोल रक्षकले बचाए । टाई ब्रेकरमा अन्य सबै खेलाडीले गोल गरे भने एम्बापेको प्रहार विपक्षी गोलरक्षक यान सोभरले बचाए।

स्वीजरल्यान्डले क्वार्टर फाइनलमा स्पेनको सामना गर्ने छ । स्पेनले पनि त्यत्तिकै सनसनीपूर्ण खेलमा क्रोएसियालाई ५–३ ले हराएको हो । क्रोएसियाले पछि अन्तिम समयमा दुई गोल गरे पछि खेल निर्धारित समयमा ३–३ को बराबरीमा सकिएको हो । अतिरिक्त समयमा दुई गोल गर्दै स्पेनले युरो कप फुटबलमा लगातार दुई खेलमा पाँच गोल गर्ने कीर्तिमान कायम गरेको हो ।

२० औं मिनेटमा स्पेनका गोलरक्षक पेड्रोले दिएको ब्याक पासलाई स्पेनिस गोल रक्षक युनाइ सिमानले रोक्न खोज्दा फुत्किए पछि क्रोएसियाले नाटकीय अग्रता लिएको थियो । ३८ औं मिनेटमा पाब्लो सरेबीयाको गोलमा स्पेन खेलमा फर्किएको थियो । सजेर एपुलसेटाले हेड गोल गर्दै स्पेनलाई अग्रता दिलाएको खेलमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ७६ औं मिनेटमा ३–१ को अग्रता दिलाएका थिए ।

८५ औं मिनेट पछि खेलले नाटकीय मोड लिएको हो । वैकल्पिक खेलाडी मिरोस्लाभ ओरसीकले गोल गरे भने उनकै पासमा इन्जुरी समयको दोस्रो मिनेटमा अर्का वैकल्पिक खेलाडी मारियो पासालीकले हेड गोल गरे ।
मोराटाले १०० औं मिनेटमा उत्कृष्ट गोल गरे भने त्यसको तिन मिनेट पछि ओराइजाबालले गोल गरे ।

  • प्रकाशित मिति : असार १५, २०७८, मंगलवार ०१:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८