नेदरल्यान्डस्को नियति : बारम्बार चेकविरुद्ध रातो कार्ड

  • असार १४, २०७८

असार १४,२०७८

युरोकप फुटबलको समूह चरणमा नेदरल्यान्डस्ले तीनवटै खेल जितेर आफुलाई दाबेदारका रुपमा उभ्याएको थियो । तर, अन्तिम १६ मा चेक गणतन्त्रसँग २–० ले पराजित भएसँगै प्रतियोगितामा उसको चुनौती समाप्त भएको छ ।

नेदरल्यान्डस्को नाममा अर्को खराब रेकर्ड पनि दर्ज भएको छ । युरोकपमा सर्वाधिक धेरै रातो कार्ड खाने टोलीको सुचीमा नेदरल्यान्डस् अब संयुक्त रुपमा पहिलो नम्बरमा पुगेको छ । यसअघि युगोस्लाभियाको नाममा सर्वाधिक चारवटा रातो कार्ड खाने किर्तिमान थियो ।

चेक गणतन्त्रविरुद्धको खेलको ५५ औं मिनेटमा माथिईज डि लिग्टले रातो कार्ड खाएसँगै नेदरल्यान्डस्को रातो कार्ड संख्या पनि चार पुग्यो । अर्को दुग्भार्य, नेदरल्यान्डस्ले यी चारवटै कार्ड एउटै देशविरुद्ध खाएको छ ।

सन् १९७६ मा तत्कालीन चेकोस्लोभाकियाविरुद्धको युरोकपको सेमिफाइनलमा नेदरल्यान्डस् अतिरिक्त समयमा ३–१ ले पराजित भएको थियो । यस खेलमा नेदरल्यान्डस्ले दुईपटक रातो कार्ड खाएको थियो । खेलको ७६ औं मिनेटमा पहिलो र अतिरिक्त समयमा दोस्रो रातो कार्ड खाएको थियो ।

चेकोस्लोभाकियाको विभाजनपछि चेक गणतन्त्र र स्लोभाकियाका अलग–अलग टोलीले युरोमा प्रतिस्पर्धा गर्न थाले । सन् २००४ को युरोकपको समूह चरणको खेलमा नेदरल्यान्डस्लाई चेक गणतन्त्रले ३–२ ले हरायो । यस खेलमा नेदरल्यान्डस्ले २३ मिनेटमै २–० ले अग्रता लिइसकेको थियो ।

त्यसपछि जान कोलार र मिलान बारोसले गोल गर्दै चेकलाई बराबरीको अवस्था फर्काए । ७५ मिनेटमा जोन हेटिङ्गाले रातो कार्ड खाएर मैदान छाडेपछि नेदरल्यान्डस् १० खेलाडीमै सिमित भयो । ८८ मिनेटमा भ्लादिमिर स्मिसरले गोल गर्दै चेक गणतन्त्रलाई ३–२ को जीत दिलाए ।एजेन्सी

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८