• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनका ५ राजनीतिक दलले भने ‘भरतपुरको क्यान्सर अस्पताललाई केन्द्रिय प्रतिष्ठान बनाउ’

  • खबरदाता

चितवनका ५ राजनीतिक दलले भने ‘भरतपुरको क्यान्सर अस्पताललाई केन्द्रिय प्रतिष्ठान बनाउ’

 

असार १३,२०७८

भरतपुर स्थिति बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई रास्ट्रिय क्यान्सर रोग अध्ययन संस्थानको रुपमा बिकास गर्न चितवनका राजनीतिक दलले माग गरेका छन।

आइतबार चितवनका पाँच राजनीतिक दल नेपाली काङ्ग्रेसका जितनारायण श्रेष्ठ ,नेकपा माओबादीका यम बहादुर परियार , नेकपा एमालेका तेजेन्द्र बहादुर खड्का, जनता समाजबादीका प्रेम भुजेल र रास्ट्रिय जनमोर्चाका डम्बर पुरिद्वारा संयुक्त रुपमा निकालीएको प्रेस बिज्ञप्ति सो माग गरिएको हो।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरेको निर्णय अनुसार भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने भनी गरेको निर्णय तुरुन्त फिर्ता गर्न माग गरिएको छ ।

पर्याप्त आफ्नै पुर्बाधार भएको , स्थापनाकाल देखिनै क्यान्सर रोगको उपचारमा ६० प्रतिशत भन्दा धेरै योगदान गर्दै आएको क्यान्सर अस्पताललाई ओझेलमा पारी भक्तपुर क्यान्सर अस्पताललाई क्यान्सरको केन्द्रिय अस्पताल बनाउने सरकारको निर्णय प्रती दलहरुले आपत्ती जनाएका हुन।
भरतपुरको क्यान्सर अस्पताल स्थापना गर्दा एेनमानै क्यान्सर अध्ययन संस्थान स्थापना गर्नेगरि गरिएको कुरालाइ मनन गर्न उनिहरुले सरकारलाई अनुरोध गर्द सरकारले गरेको निर्णय प्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको दलहरुले जनाएका छन।

साथै सरकारले गरेको उक्त निर्णय तुरुन्त फिर्ता गरि भरतपुर क्यान्सर अस्पताल मातहतमा क्यान्सर रोग अध्ययन प्रतिष्ठान बनाइ संचालन गर्न जोडदार माग गरेका छन।

सरकारले आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा क्यान्सर रोगको अध्ययन , अनुसन्धान र उपचार गर्न भक्तपुर क्यान्सर अस्पताललाई तोकेको थियो।

  • प्रकाशित मिति : असार १३, २०७८, आइतवार १५:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८