भरतपुर महानगरले शुरु गर्‍यो १५ शैयाको अस्पताल

  • खबरदाता
  • असार १३, २०७८

असार १३,२०७८

भरतपुर महानगरपालिकाले कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ को शारदानगरमा १५ शैयाको कोभिड अस्पताल स्थापना गरी आइतबारबाट सेवा संचालनमा ल्याइएको हो। महानगरले शारदानगरमा रहेको स्वास्थ्यकेन्द्र लाई स्तर उन्नती गरी आफ्नै १५ शय्याको कोभिड अस्पताल स्थापना गरेको हो।

आइतबारनै अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महानगर प्रमुख रेनु दाहालले अस्पतालको उद्घाटन गरेकी हुन।

पश्चिम चितवनको केन्द्र समेत पर्ने भरतपुर महानगर १९ को शारदानगरमा महानगरले आफनै अस्पताल स्थापना गर्न पाउदा निकै खुसी लागेको महानगरका प्रमुख दाहालको भनाइ थियो । अहिले ४ जना डाक्टर र अन्य स्टाफ नर्स र अरु कर्मचारीहरूबाट यहाँ सेवा दिन थालिएको छ ।

अहिले कोरोना अस्पतालका रुपमा स्थापना गरेपनि यो अस्पताल महानगरले स्थायी अस्पतालका रुपमा विकास गर्ने र यसले पश्चिम चितवनका स्थानीयलाई धेरै लाभ हुने दाहालको भनाइ छ ।

स्वास्थ्य केन्द्रको परिसरमा रहेको ५४ सालमा निर्माण भएको पुरानो भवनमा अहिले अस्पताल सञ्चालन गरिएको छ । आगामी दिनमा भौतिक संरचना निर्माणका लागि केन्द्र सरकारसंग पनि आफुहरुले पहल गर्ने र यो अस्पताललाई सबै हिसावले सुबिधा सम्पन्न बनाएर लैजाने प्रमुख दाहालले बताइन् । शिवनगरमा पनि १५ बेडको अस्पताल स्थापना भएको र अहिले कोरोना संक्रमित १४ जनाले त्यहाँ सेवा लिइरहेको दाहालको भनाई थियो ।

कोभिड कहिले सम्म रहन्छ कुनै ठेगान नभएकाले कोभिड रहदा सम्म कोभिड अस्पताल हुने र त्यसपछि अरु सबै खाले सेवा दिने अस्पतालका रुपमा दुबै अस्पताललाई विकास गरिने दाहालको भनाई छ ।

संघीय सरकारको १ पालिका १ अस्पताल कार्यक्रम अन्तर्गत शारदानगरमा २५ शय्याको अस्पताल निमार्ण गर्न महानगरले चाहेपनि संघिय सरकारले त्यहाँ बजेट नदिदा नयाँ अस्पताल स्थापना गर्न नसकिएको उनको भनाई छ । अहिलेपनि आफूहरुले यसैलाई २५ शय्याको अस्पताल बनाउनु पर्छ भनेर संघिय सरकारमा खबरदारी गरिराखेको उनको भनाई थियो ।

भरतपुर महानगर उपप्रमुख पार्वति शाह ठकुरीले भरतपुर महानगरको आफ्नै अस्पतालका रुपमा विकास गर्न पाउदा खुसी लागेको बताइन् ।

१५ बेडबाट यसलाई आगामी दिनमा ५० बेड सम्म पुर्याउने उनको भनाई छ । महानगरले पहिलो प्राथमिकताका साथ यसलाई हेर्ने र बजेट विनियोजन गर्ने उनको भनाई छ । नागरिक स्वास्थ्य रहेमात्रै अरु धेरै करा गर्न सकिने भएकाले नगरबासिलाई स्वस्थ्य राख्ने आफुहरुको प्रमुख दायित्व रहेको शाहको भनाई थियो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८